२ कार्तिक २०८३, सोमबार

द कलेज एम्बेसडरका प्रतियोगीले देखाए ट्यालेन्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘द कलेज एम्बेसडर २०१७’का १७ प्रतियोगीले आफूभित्र रहेको ट्यालेन्ट देखाएका छन् । शनिबार क्लिफ रेष्ट्रो जावलाखेलमा आयोजित कार्यक्रममा प्रतियोगीले नृत्य, गायन, अभिनय, वक्तित्वकला, चित्रकला लगायत बिषयमा आ–आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका हुन् ।

ट्यालेन्ट राउन्डको जर्जमा मिस हेरिटेज तथा फेसन डिजाइनर मञ्जु बन्जार ढकाल, कोरियो ग्राफर रीना महर्जन, मेकअफ आर्टिस तथा सामाजिक कार्यकर्ता रस्मी श्रेष्ठ कुटुम्ब ब्याण्डका राजु महर्जन, गायक निर्णय श्रेष्ठ लगायत रहेका थिए ।

प्रतियोगिताको यो ९औ संस्करण हो । यसका लागि उपत्यकाका बिभिन्न कलेजका करिब ८० भन्दा प्रतियोगीले अडिसन दिएको ग्रिनआर्ट मिडियाका सिइयो प्रवीण लाकौरले बताए ।

कलेज अध्यायनरत युवायुवतीको प्रतिभा निर्खादै उनीहरुलाई भविस्य निर्माणमा उचित मार्ग निर्देशन गर्ने उदेश्यले कार्यक्रम आयोजना हुँदै आएको हो ।

प्रतियोगीहरु समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका बिभिन्न प्रशिक्षण सहित अन्मित स्पर्धामा उत्रिने तयारीमा रहेको मिडियाकी निर्देशक अनिला श्रेष्ठले जानकारी दिइन् ।

प्रतियोगीताको अन्तिम स्पर्धा आगामी चैत्र ६ गते जमलस्थित नाचघरमा हुँदैछ । सहभागीले शीर्ष सहित बिभिन्न बिधागत पुरस्कारहरु जित्न सक्नेछन् ।