१ कार्तिक २०८३, आइतबार

तेस्रो लुम्बिनी पिस म्याराथन सेनाका होमलाललाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलबस्तु, २९ फागुन । तेस्रो संस्करणको लुम्बिनी पिस म्याराथनको उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले जितेका छन् ।

सिद्धार्थ गौतम बुद्धत्व प्राप्त गरी कपिलबस्तु फर्केको दिन फाल्गुन शुक्ल पूर्णिमाको अवसर पारेर बुद्धजन्मस्थल लुम्बिनीमा पिस म्याराथन आयोजना गरिएको थियो । ४२ दशमलव १९५ किलोमिटरको दुरी होमलालले २ घण्टा २२ दशमलव ३६ सेकेण्डमा पूरा गरे ।

बुद्धत्व प्राप्तिपछि कपिलबस्तु आउदा बुद्धले पिता सुद्धोधनलाई पहिलोपटक भेटेको कुदानबाट म्याराथन शुरु गरिएको थियो । कुदान, तिलौराकोट, दोहनीहुदै मायादेवी बगैंचामा पुगेर म्याराथन सकिएको थियो ।

सशस्त्र प्रहरीका गोपिचन्द्र पार्की २ घण्टा २४ दशमलव २४ सेकेण्डको टाइमिङसहित दोस्रो भए । त्यस्तै नेपाल आर्मीका खगेन्द्र भाटले तेस्रो स्थानमा रेस सकाए । उनले २ घण्टा २४ दशमलव ४१ सेकेण्डमा दौड पूरा गरे । विजेता होमलालले १ लाख नगद हात पारे । दोस्रो हुनेले ७५ र तेस्रो हुनेले ५० हजार रुपैया“ प्राप्त गरे ।

‘म पहिले अल्टा रनर थिए । म्याराथनको टे«निङ गरेको २ वर्षअघिबाट हो । बुद्ध जन्मस्थलमा आएर उपाधि जित्दा खुशी लागेको छ’ , होमलालले भने । उनले जितसगै मुलुकमा दिगो शान्ति स्थापनाका लागि बुद्धस“ग प्रार्थना गरेको सुनाए ।

बुद्धिष्ट सर्किट्स डट कम र एडभेन्चर स्पोर्टस् टुरिजम सोसाइटीले संयुक्त रुपमा आयोजना गरेको पर्यटन मुलक प्रतियोगितामा हाफ म्याराथनको उपाधि टंक पुनले जिते । उनले १ घण्टा ९ दशमलव ४९ सेकेण्डमा दौड पूरा गरे ।

दोस्रो भएका नेपाल आर्मीका रामजी बस्नेतले १ घण्टा १० दशमलव २८ सेकेण्डको टाइमिङ निकाले । त्यस्ते आर्मीकै टीकाराज कट्वालले दौड १ घण्टा १० दशमलव ३१ सेकेण्डमा पूरा गर्दै तेस्रो स्थानमा उभ्याए ।

हाफ म्याराथनका विजेताले ५० हजार उपविजेताले ३५ र तेस्रो हुनेले २५ हजार रुपैया प्राप्त गरे ।

प्रतियोगितामा ७ विदेशीसहित ५५ जनाको सहभागिता रहेको इभेन्ट म्यानेजर रिकी योञ्जनले जानकारी दिए । २–२ जना चिनीया“ र बेलायती धावकका साथै स्पेन, इटाली र जमैकाका १–१ जनाले प्रतियोगितामा भाग लिएका थिए ।