५ मंसिर २०८३, शनिबार

मेची महाकाली अभियानः राप्रपा केन्द्रीय सदस्यसहित करिब १४ सय जना एमाले प्रवेश

7.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत पार्टी प्रवेशको लहर चलेको छ ।

यसैक्रममा शनिबार नवलपरासीको कावसोतीमा आयोजित जनसभामा मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य अमरनाथ शर्मासहित १ हजार ३९१ जना एमाले प्रवेश गरेका छन् ।

नवप्रवेशीलाई पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेललगायतका नेताले स्वागत गरे ।

सरकारले हिंसालाई प्रश्रय दिने काम गरेको आरोप

आमसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले हिंसालाई प्रश्रय दिने काम गरेको आरोप लगाए । आपराधिक तत्वहरुलाई सरकारले हिंसा नगर भन्न नसकेको भन्दै उनले भने– ‘हामी हिंसामा जाँदैनौँ, तर शान्तिपूर्ण कार्यक्रम रोक्न खोज्यो भने त्यसको परिणाम चर्को हुन्छ भन्न चाहन्छौँ ।’

उनले थपे– ‘सबैले बुझे हुन्छ, एमाले आफ्नो अभियानमा दृढ छ । एमाले मर्न परे मरौँला तर यो देश बनाएर छाड्छौँ भनेर हिँडिरहेका छौँ ।’ यो देशलाई कसैको उपनिवेश हुन एमालेले नदिने भन्दै उहाँले हाम्रा सन्तानलाई पराधीन देश होइन, स्वाधीन र समृद्धि देश जिम्मा लगाउँछौँ भने ।