५ मंसिर २०८३, शनिबार

मेची-काली अभियानः नारायणी किनारमा उर्लियो जनसागर, चौरमा अटेनन् सहभागी (फोटो फिचर)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २८ फागुन । नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत शनिबार चितवनको नारायणी किनारमा विशाल जनसभा भएको छ ।

सभामा उल्लेख्य रुपमा चितवनवासीको सहभागिता रहेको थियो । सहभागीको सङ्ख्याले नारायणी नदि किनारको चौर पनि सानो भएको छ । किनारमा सहभागी नअटेर टाढा टाढा बसेर सहभागीले एमाले अध्यक्ष केपी शर्मा ओलीको भाषण सुनेका छन् । केन्द्रिय नेताको भाषण सुन्न गाउँ गाउँबाट एमाले नेता कार्यकर्ता नारायणी किनार पुगेका थिए । एमाले जिल्ला इन्चार्ज कृष्ण खनालका अनुसार जनसभामा करिब ५० हजारको संख्यामा जनसहभागिता रहेको थियो ।

यसअघि नारायणगढमा निस्किएको विभिन्न झांकी सहितको र्यालीले नारायणगढ वजार भरिएको थियो । महेन्द्र राजमार्गका चोक चोकमा जम्मा भएका एमाले नेता कार्यकर्ता तथा सर्वसाधारणले अभियान टोलीलाई स्वागत गरेका थिए। सडक दायाँबायाँ स्थानीयले घडा राखेर र्यालीलाई स्वागत गरिएको थियो ।

नारायणगढको जनसभापछि एमालेको सबैभन्दा ठूलो आमसभा नवलपरासीको कावासोतीमा भैरहेको छ ।