१ कार्तिक २०८३, शनिबार

प्रमुख दल नमिलेसम्म निर्धारित समयमा संविधान जारी हुँदैनः मन्त्री सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parkashman-sing

काठमाडौँ, ८ असोज । उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले संसदको गतिरोधले सरकारको दैनिक कार्य सञ्चालनलाई नै असर पुर्‍याउन थालेको भन्दै गुनासो गर्नुभएको छ ।

बुधबार रत्नराज्य उच्च माध्यमिक विद्यालयले विजया दशमी, तिहार तथा छट पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा मन्त्री सिंहले यस्तो गुनासो गर्नुभएको हो ।

उहाँले सरकारको दैनिक गतिविधिलाई नै असर पर्ने गरी गरिएको संसद अवरोध हटाउन आग्रह गर्नुभयो ।

एमाओवादीलगाएतका विपक्षी दलले गरेको संसद अवरोधले सरकारको दैनिक कार्य सञ्चालनमा समस्या उत्पन्न भएको उहाँको भनाई थियो । उहाँले वार्ता र संवादबाट समस्या समाधान गर्न पनि आग्रह गर्नुभयो ।

प्रमुख दल नमिलेसम्म निर्धारित समय माघ ८ मा संविधान जारी नहुने उहाँको भनाई थियो ।