१ कार्तिक २०८३, शनिबार

४५ किलो चरेससहित चार जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatkadi

दाङ, ८ असोज । प्रहरीले ४५ किलो लागुऔषध चरेससहित चारजनालाई मंगलबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक खिनुप्रसाद आचार्यका अनुसार पक्राउ पर्नेमा घोराही नगरपालिका–६ गिठेपानीकी ४३ वर्षकी दिलकुमारी पुन, घोराही नगरपालिका–८ की ३५ वर्षकी बागेश्वरी घर्ती, घोराही नगरपालिका–१० का ३९ वर्षका प्रेमधन रोका र सोही ठाउँका ४७ वर्षका श्रीधन बुढा छन् ।

उनीहरुलाई विशेष सुराकीका आधारमा पक्राउ गरेको हो ।
पक्राउ परेका चारैजनाका बारेमा थप अनुसन्धान भइरहेको र उनीहरुलाई लागुऔषध ओसारपसारअन्तर्गत मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक आचार्यले जानकारी दिनुभयो ।

केही समय पहिले ज्यान मार्ने उद्योगमा संलग्न भई फरार रहेका दुईजनालाई पनि मङ्गलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धर्ना–१ का कविराज डाँगी र उरहरी–८ का लालबहादुर चौधरी रहेका छन् । रासस