भैरहवा, २६ फागुन । नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान फागुन २९ गते भैरहवा आइपुग्ने भएको छ । फागुन २९ गते भैरहवामा आयोजना हुने सभा रुपन्देहीकै इतिहासमा विशाल र महत्वपूर्ण हुने आयोजक एमालेले दाबी गरेको छ ।
सो सभा र जनसहभागिताबारे भैरहवाका संघसंस्थासंग विहिबार छलफल गर्दै एमाले उपमहासचिवद्धय विष्णु पौडेल र घनश्याम भुसालले फागुन २१ गते पूर्वको मेचीदेखी शुरु भएको यात्रा सप्तरीमा आउदा दुर्घटनामा परेता पनि पुनः पुर्व निर्धारित कार्यक्रम अनुसार फागुन २९ गते भैरहवा आइपुग्ने जनाए ।
पूर्व अर्थमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद समेत रहेका उपमहासचिव पौडेलले भने “एमालेको मेची महाकाली अभियान राष्ट्र र राष्ट्रियताको लागि गरिएको हो । फागुन २९ गते भैरहवामा हुने सभा मुलुकको स्वाधिनता र सार्वभौमिकताको साथसाथै राजनीतिक स्थायित्व र शान्ति एवं सद्भावको लागि कोसेढुंगा स्थापित हुनेछ ।”
उपमहासचिव पौडेलले छलफलमा सहभागी संघसंस्थाका प्रमुख तथा प्रतिनिधीलाई जोड दिर्दै भने “शान्ति, सद्भाव र समृद्धि एवं विकासप्रेमी आम नेपालीले यो यात्रा सफल पार्नको लागी फागुन २९ गते भैरहवाको बुद्ध चौंक आउनुस् । यो मेची महाकाली यात्रालाई शान्तिपुर्ण रुपले सफल पार्नुस् । हामी जनताको खुसी र मुलुकको हितकोलागी सधैं अग्रसर भइनै रहनेछौं ।”
छलफलमा अर्का उपमहासचिव घनश्याम भुसालले मुलुकमा विखन्डनकारी तत्व सलबलाइरहेको तर्क गर्दै त्यस्ता तत्वले शान्ति र सद्भाव विथोल्नेगरी विभिन्न दुस्प्रयास थालेको प्रति सबै नेपाली सजग हुनुपर्ने बताए । उनले भने “अहिले विखन्डनकारीहरुले जात, भाषा, क्षेत्र धर्मको नाममा हामीहरुलाई लडाउन खोजिरहेका छन् । हामी आम सर्वसाधरण जनतालाई राष्ट्र र राष्ट्रियताको खातिर एक भएर अगाडी बढ्न अपील गर्ने उद्धेश्यले मेची महाकाली यात्रामा निस्केका छौं । भैरहवाको फागुन २९ गतेको कार्यक्रम अत्यन्तै ऐतिहासीक, महत्वपुर्ण र दिर्शेनिर्देश हुनेमा हामी विश्वस्त छौ ।”
मेचिमहाकालि यात्रा भैरहवाको संयोजन समितीको संयोजक एमाले नेतृ पुस्पान्जली उपाध्ययको सन्चालन, एमाले नेता तथा सांसद आदित्य नारायण कसौधनको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा भैरहवा क्षेत्रका सबैजसो संघसंस्थाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।
एमालेका केन्द्रिय सल्लाहकार नेत्र पन्थि, केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज लिला गिरी, जिल्ला अध्यक्ष शिवराज सुवेदी , प्रदेश सदस्य इन्साफ अलि लगायतको आतिथ्यता रहेको उक्त कार्यक्रममा भैरहवा क्षेत्रका होटल व्यवसायी, उद्योग वाणिज्य संघहरु, पर्यटन व्यवसायीहरु, नागरिक समाज तथा विभिन्न सामाजिक संघसंस्थाका प्रमुखहरुले भैरहवाको सभालाई सफल पार्न आ आफ्नो क्षेत्रबाट योगदान गर्ने प्रतिबद्धता जनाएका थिए । एमालेको कार्यक्रम भएता पनि मधेसवादी दलबाहेक कांग्रेस, माओवादी केन्द्र, नयां शक्ति नेपाल, राप्रपा, राजमो सम्बद्ध स्थानिय नेताहरु र विभिन्न संघसस्थाका प्रमुखले भैरहवाको सभालाई सद्भावको सभा र शान्तिको सभा बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएको एमाले नेता भरत कुमार पोखरेल जनाए ।











प्रतिक्रिया