२ कार्तिक २०८३, सोमबार

अभिषेक र ऐश्वर्याको जोडी मध्यराति अस्पताल पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । अभिनेता अभिषेक बच्चन र ऐश्वर्या बुधबार राति अस्पताल पुगेर ऐश्वर्याका बाबु कुष्णराजको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिएका छन् ।
मध्यराति अभिषेक र ऐश्वर्या अचानक अस्पताल पुगेपछि उनीहरूलाई देख्नेहरूले कुनै गम्भीर घटना भयो कि भने कौतुहलता देखाएको समाचारमा उल्लेख छ ।

ऐश्वर्याका बाबु कृष्णराजको स्वास्थ्यस्थिती राम्रो नभएपछि उनलाई दुई हप्तादेखि मुम्बईको लीलावती अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ ।

ऐश्वर्याका बाबुलाई क्यान्सर भएर उपचार गराइ रहेका छन् । ऐश्वर्याका बाबुको स्वास्थ्य अवस्था दिनप्रति दिन नाजुक हुँदै गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आइएको छ । – एजेन्सी