१ कार्तिक २०८३, शनिबार

लमजुङमा पहिरोमा परी एक बेपत्ता, २२ घर जोखिममा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, ७ असोज । पूर्वी लमजुङको इलमपोखरी–६ मुगे बजार नजिकै आज बिहान पहिरो जाँदा एक जना बेपत्ता भएका छन् ।

पहिरोमा परी स्थानीय ६५ वर्षीय काले गुरुङ बेपत्ता भएका हुन् भने पहिरोबाट मुगे बजारका २२ घर जोखिममा परेको स्थानीय निरज श्रेष्ठले बताउनुभयो ।

चेपे नदीमा खसेको पहिरोले अहिले नै नदीलाई थुनिनसकेको भएपनि पहिरो जाने क्रम नरोकिएकाले नदी थुनिनसक्ने भयले मुगे बजारका बासिन्दा चिन्तित भएका छन् ।

पहिरोले छहरेखेला लघुजलविद्युत् परियोजनाको ट्रान्समिसन पुर्नुका साथै बाटोसमेत पुरिएकाले स्थानीयवासीलाई आवतजावतमा कठिनाइ भएको छ ।