१ कार्तिक २०८३, आइतबार

जाजरकोटमा बस दुर्घटना, कम्तीमा १० जनाको मृत्यु

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, २६ फागुन । जाजरकोटमा बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा २० भन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

बिहीबार अपरान्ह खलंगाको बोहोरा गाउँबाट खारातर्फ जाँदै गरेको ना ३ ख २२७९ बस बोहोरा गाउँको मोडबाट पासागाड खोलामा खसेको हो । बस भिरबाट करिव दुई सय मिटर तल खसेको थियो ।

घटनास्थलमा नेपाली सेना र प्रहरीको टोलीले घाइतेहरुको उद्धार गरिरहेको छ । बसमा ५० जना सवार रहेको बताइएको छ ।