२ कार्तिक २०८३, सोमबार

चलचित्र पत्रकार संघमा सापकोटाको समूह विजयी (नाम र मतसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा सन्दिप सापकोटा विजयी भएका छन् । अधिकांस पदाधिकारी, सदस्य, केन्द्रीय सभासदमा सापकोटाकै समूह निर्वाचित भएको छ ।

काठमाडौंको नयाँबानेश्वरस्थित एक होटेलमा बुधबार राति सम्पन्न सातौ महाधिवेशनबाट सापकोटा निर्वाचित भएका हुन् ।

सापकोटाले प्रतिद्वन्दी लक्ष्मण सुवेदीलाई २१ मतले पराजित गरेका थिए । १ सय १७ मतमा सापकोटाले ६८ र सुवेदीले ४७ मत प्राप्त गरे ।

महासचिवमा अनिल यादव विजयी भएका छन् । यादवले ५८ मत पाएका थिए । उनका प्रतिद्वन्द्वी विजय सुवेदीले ५६ मत पाए ।

उपाध्यक्ष पदमा श्याम अर्याल विजयी भएका छन् । अर्यालले अशेष अधिकारीलाई २७ मतले पराजित गरेका हुन् ।

महिला उपाध्यक्षमा गीता अधिकारी विजयी भएकी छिन् । उनले शारदा थापालाई ५० मतअन्तरले पराजित गरेकी हुन् ।

खुला सचिवमा बैकुण्ठ पराजुली विजयी भएका छन् । पराजुलीले ६७ मत पाएका थिए भने उनका प्रतिद्वन्द्वी कुवेर गिरीले ३९ मत पाए ।

खुला केन्द्रीय सदस्यमा वर्षा बस्नेत (८८), उत्सव रसाइली (८४), बाबु सुरेश दुलाल (६१), कृष्ण भट्टराई (५८), विकाश लामिछाने (५२) र मनीष कार्की (५२) मतसहित विजयी भएका छन् ।

समावेशी केन्द्रीय सदस्यतर्फ विशाल राई र महिलामा दीपज्योति थापा निर्विरोध निर्वाचित भएका छन् ।

संगठनतर्फको उपाध्यक्षमा दिनेश सिटौला, समावेशी सचिवमा समिर बलामी, कोषाध्यक्षमा कुवेर डंगोल र सह–कोषाध्यक्षमा जीवन पराजुली निर्विरोध भएका छन् ।

केन्द्रय सभासदमा डब्बु छेत्री (९१), राजन घिमिरे (८५), शान्तिप्रिय (७९), सुब्रतराज आचार्य (६८), विदुर गिरी (६८), धनबहादुर खड्का (६६), अशोकप्यासी राई (६३), विष्णुप्रसाद सुवेदी (६१) र नेमिश गौतम (५७) मतसहित विजयी भएका छन् ।

महिलातर्फ स्वस्तिका पन्थी चिलवाल, जयन सुब्बा मानन्धर र रश्मि थापा (लक्ष्मी) निर्बिरोध भएका छन् ।

प्रदेश सभासदमा राजेश खनाल, मनोज केसी, विजयरत्न तुलाधर, रघुनाथ सापकोटा, आरडी श्रृंखला, अमृत पुडासैनी, मञ्जु गैरे, योजना पुरी, सन्ध्या थापा, राजेन्द्र लुइँटेल, पुष्पा थापलिया, सुरज खड्का, चिरञ्जीवी सापकोटा, नवराज ढुंगेल, सुरज पौडेल र अनिल थापा चयन भएका छन् ।