मालती खत्री
म्याग्दी, ७ असोज । म्याग्दीको हिस्तानमा आज दिउँसो २ बजे जीप दुर्घटना हुँदा जिपमा सवार १३ जना यात्रुको मृत्यु भएको छ ।
राम्चेबाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ग १ ज ४३२६ नम्बरको जीप हिस्तान गाविसको ७ र ८ नम्बर वडा गिद्देश्वर मन्दिर नजिकै दुर्घटना भएको हो ।
दुर्घटना भएलगत्तै म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम भण्डारी र प्रहरी नायव उपरीक्षक जर्नादन जिसीसहितको टोली घटनास्थलतर्फ लागेको छ । स्थानीयको सक्रियतामा दुर्घटनामा परेका १३ मध्ये १२ जनाको शव निकालेको स्थानीय कुमार गर्बुर्जाले जानकारी दिए ।
जीप सडकबाट करिब २०० मिटर तल खसेकोले जीपमा सवार सबैको मृत्यु हुनसक्ने म्याग्दी जीप तथा बस सञ्चालक समितिका सचिव सुमन श्रेष्ठले जानकारी दिए । जीपमा १३ भन्दा बढी यात्रु सवार रहेको बताइएको छ । थप विवरण भने आउन बाँकी रहेको म्याग्दी प्रहरी नायब उपरिक्षक जनार्दन जि.सीले जानकारी दिए । म्यागदी सदरमुकाम बाट करीव १ घण्टा बस र साढे २ घण्टा पैदल दुरीमा उक्त जीप दुर्घटना भएको हो ।
















प्रतिक्रिया