काठमाडौं, २६ फागुन । एमालेकै हाराहारीमा आफूलाई राष्ट्रवादी ठान्ने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका गतिविधीले प्रधानमन्त्री पुष्पकमल दाहाल र अन्य नेताहरू हैरान भएका छन् ।
माओवादी अध्यक्ष दाहाललाई सधै फरक मत राखेर हैरान बनाउँदै आएका श्रेष्ठले आफूलाई राष्ट्रवादी बनाउन खोज्दा समस्या उत्पन्न भएको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
प्रधानमन्त्री दाहालका धेरै कुरा थाहा पाएका श्रेष्ठले सामाजिक सञ्जालमा लेखेर भन्न थालेका छन् । उनले प्रधानमन्त्री दाहाललाई अप्ठ्यारो बनाउने गरी दिनदिनै स्ट्याटस् लेख्दा समस्या भइरहेको छ । श्रेष्ठको यो कार्यको दाहालले आलोचना गरिसकेका छन् । तर, श्रेष्ठले सुध्रिन नामै लिएका छैनन् ।
माओवादी नेता श्रेष्ठले कांग्रेससँगको अहिलेको गठबन्धन भत्काएर एमालेसँग मिलेर जान प्रस्ताव गर्दै आएका छन् । तर उनको प्रस्तावलाई रामबहादुर थापा र देव गुरुङसहितको समूहले बेवास्ता गरिरहेको छ । आफूभन्दा बलियो समूह प्रधानमन्त्री दाहालको निकट रहेपछि श्रेष्ठले पार्टीमा कुनै हैसियत बनाउन सकेका छैनन् ।
पार्टी बैठकहरूमा श्रेष्ठले दाहाललाई सधै अप्ठ्यारो बनाउने र अबरोध मात्रै गर्ने गरेका छन् । यसबाट रुष्ट बनेका दाहालले श्रेष्ठलाई कतै लगेर ठेगाउन लगाउने योजनामा रहेको बुझिन्छ ।












प्रतिक्रिया