काठमाडौं । भिजे संगीता श्रेष्ठको फिल्म ‘कथा काठमाण्डु’मा आयुष्मान देशराज जोशीले नायिका प्रियंका कार्कीसँग रोमान्स गर्ने भएका छन् ।
संगीताले निर्देशन गर्न लागेको डेब्यू फिल्म ‘कथा काठमाण्डु’को मंगलबार औपचारिक घोषणा गरिएको छ । र, तीन फरक कथामा बन्ने फिल्ममा आयुष्मान र प्रियंकाले रोमान्स गर्ने जानकारी दिइयो । फिल्ममा आयुष्मान र प्रियंकाका अलावा प्रमोद अग्रहरी, सन्ध्या केसी, संजोग कोइराला र प्रेक्षा अधिकारीको मुख्य भूमिका रहनेछ ।
निर्देशक श्रेष्ठका अनुसार तीन फरक–फरक कथालाई जोडेर निर्माण गरिने यो फिल्म नेपाली चलचित्रमा उद्योगमा नयाँ प्रयोग हो । संगीताले ३ फरक–फरक कथा भएपनि सबै कथाका पात्रसँग एक अर्काको कनेक्शन हुने पनि जानकारी दिइन् । उनका अनुसार यो लभ स्टोरी फिल्म हो ।
यस्तै, चलचित्रको बिषयमा बोल्दै नायिका प्रियंका कार्कीले आफू एउटा चुनौतीपूर्ण भूमिका निर्वाह गर्न लागिरहेको बताइन् ।
यता चलचित्र ‘चपली हाइट २’ बाट उदाएका नायक आयुष्मान देसराज जोशीले राम्रो कथामा आफू जहिले पनि उत्साहित हुने भन्दै फिल्म खेल्नका लागि १० लाख पारिश्रमिक मागेको कुरालाई हल्ला मात्र भनेका छन् ।
आहाना फिल्मस्को प्रस्तुतीमा निर्माण हुन लागेको यो फिल्मको सुटिंग आजबाट सुरु भएको छ । विजय राइको लगानी रहने यो चलचित्रको प्रोडक्शन डिजाइनर वुद्धिलाल मगर छन् । यस्तै, चलचित्रमा लुजाओ विन्ङको छायांकन रहने छ ।
















प्रतिक्रिया