४ कार्तिक २०८३, बुधबार

साहनाको रष्ट्रिय सम्मानका साथ अन्त्येष्टि, उमेशले दिए दागबत्ती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sahanaकाठमाडौँ, ७ असोज । गएराति निधन हुनुभएकी वाम– लोकतान्त्रिक आन्दोलनकी अग्रणी सहाना प्रधानको मंगलबार पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

प्रधानको पार्थिव शरीरमा कार्यबाहक प्रधानमन्त्री वामदेव गौतमले राष्ट्रिय झण्डा ओढाउनुभएको थियो । उहाँलाई नेपाली सेनाको एक टुकडीले राष्ट्रिय सलामी अर्पण गरेको थियो ।

यस्तै, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको र अखिल नेपाल महिला सङ्घका अध्यक्ष विद्यादेवी भण्डारीले सङ्घको झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभयो ।

प्रधानका छोरा उमेश श्रेष्ठले प्रधानको पार्थिव शरीरमा दागबत्ती दिनुभयो ।

प्रधानलाई अन्तिम श्रद्धाञ्जलि प्रकट गर्न पार्टीका शीर्ष नेताहरू, मन्त्रीहरू राधा ज्ञवाली, निलम केसी, नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेल, नेकपा (माले) का महासचिव सिपी मैनाली, वामपन्थी नेता राधाकृष्ण मैनालीलगायत शुभेच्छुक र कार्यकर्ता पुग्नुभएको थियो ।