४ कार्तिक २०८३, बुधबार

लेखीले किन दिए तराईमा आगो बाल्ने चेतावनी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajkumar_lekhiधनगढी, ७ असोज । आदीबासी जनजाती महासंघका पूर्व अध्यक्ष राजकुमार लेखीले दशै तिहारपछि तराईमा आन्दोलनको आगो बाल्ने चेतावनी दिनुभएको छ ।
थारु कल्याणकारी सभा कैलालीले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले पहिचानसहितको संघियता र संघियता सहितको सम्विधानका लागि सडकबाटै आन्दोलनको आगो बाल्ने चेतावनी दिनुभएको हो ।

पत्रकारहरुको जिज्ञासामा उहाँले आफुहरुले कैलाली र कञ्चनपुरलाई टुक्राउन नचाहेको तर सुदूरपश्चिममा वसोवास गर्ने आदीवासि, जनजाती, मधेसी, दलित तथा पिछडा वर्गको अधिकार मागेको बताउनुभयो ।

असामाजिक, अतिवादी र गुसपैठवादीहरुले सुदूरपश्चिममा अखण्डको नारा लगाएर साप्रदायिकता भड्काउन खोजेको आरोप समेत उहाँले लगाउनुभयो ।
उहाँले अहिलेको सम्विधानसभालाई कठपुतलीसभाको सज्ञा दिनुभयो ।