वासिङटन डिसी । गैर आवासीय नेपाली संघ नाइजेरियाको आयोजनामा नेपाली नयाँ वर्ष २०७४ को शुभ अवसरमा हुने कार्यक्रममा आफ्नो प्रस्तुति नाइजेरिया हुने भएकोमा गायक राजेशपायल राईले आफू अत्यन्तै उत्साहित भएको बताए । उनले अगाडी भने आफूले बिश्वका अनेक मुलुकमा धेरै प्रस्तुति दिई सकेको भएता पनि अफ्रिकी मुलुक नाइजेरियामा आफ्नो पहिलो प्रस्तुति हुने भएकोमा निकै रमाएको र एक प्रकारको खुसी छाएको बताएका छन् ।
आफूले आफ्ना चर्चित गीत पुराना तथा नयाँ गीतको समेत कोसेली लिएर अफ्रीका जाने भएकोले नाइजेरियामा रहेका सम्पूर्ण नेपालीलाई आफूलाई साथ दिन आग्रह नेपालबाटै गरेका छन् । मातृभूमि भन्दा सात समुन्द्र पार गै अफ्रिकन मुलुक नाईजेरियामा नेपालीहरु पुगी नेपाली कला, संस्कृतिलाई जगेर्ना तथा प्रबद्र्धन गर्न नेपाली समुदायले देखाएको उत्सुकता तथा पहल गरेको देख्दा आफूलाई गौरव लागेको बताए ।
परदेशमा व्यस्त समय बाबजुद समय व्यवस्थापन गरि समय निकाली कलाकारलाई समेत हौशला गर्ने नाइजेरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली प्रति कृतज्ञ भएको जनाए । उनले गैर आवासीय नेपाली संघ नाइजेरियाका पदाधिकारी तथा बिशेष गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापालाई धन्यबाद दिन चाहेको बताए ।
कुराकानीको क्रममा नाइजेरियामा हुने साँस्कृतिक कार्यक्रम आफ्नो लागि ऐतिहासिक हुने र सबैलाई आफ्नो गीतमा साथ दिन र नाच्न झुम्न समेत तयार हुन् आग्रह गरेका छन् । उनले त्यहाँ पनि नेपालीहरु पुगेकोले कलाकारलाई अवसरको बाटो खुलेको बताउदै नाईजेरियामा नेपालीहरु नपुगेको भए आफुले अवसर पाउदैनौ थियौ भने ।

गतबर्ष गैर आवासीय नेपाली संघ नाइजेरियाले लेगोसमा लोकप्रिय गायिका कोमल ओलीको प्रस्तुतिको सफल आयोजना गरेको थियो । संघका आइसिसी सदस्य चिरन्जिबी रोकाले यस्तो कार्यक्रमले नेपाली कला संस्कृतिको अफ्रिकामा प्रबर्द्धन गर्ने बताएका छन् । उक्त कार्यक्रममा राजेश पायल राई साथमा स्थानीय अफ्रिकी कलाकारहरुले पनि नेपाली र स्थानीय भाषामा गीत र नृत्य प्रस्तुत गर्ने संघका सचिब रोशन थापाले जानकारी दिएका छन् ।
















प्रतिक्रिया