काठमाडौं । कलाकार दीपकराज गिरीले सप्तरीको राजविराजमा हिजो भएको हिसात्मक घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
मेची महाकाली अभियानअन्तर्गत एमालेको सभा विथोल्ने क्रममा प्रहरी गोली लागि तीन जनाको मृत्यु भएलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत दुःख व्यक्त गर्दै दीपकले देशले विकास मागेपनि नेताहरुको पछि लागेर नागरिकले आफ्नो ज्यान गुमाइरहेको असन्तुष्टि पोखेका छन् ।
उनले लेखेका छन्– ‘देशले रगत मागे बलि मलाइ चढाउ… देशले बिकास मागिरहेछ, नागरिक अझै बलि चढिरहेछन् ।’
















प्रतिक्रिया