
काठमाडौं, २३ फागुन । एमालेको मेची महाकाली राष्ट्रिय अभियानका क्रममा सप्तरीको राजविराजमा भएको कार्यक्रमपछि झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछिको अवस्थाको विषयमा छलफल गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आकस्मिक बैठक बस्दैछ ।
अहिले केही समयलगत्तै काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा बस्ने बैठकले सप्तरी घटनाका विषयमा छलफल गरेर कडा रुपमा अगाडि बढ्न सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए । उनले भने, ‘अहिले म केही भन्ने अवस्थामा छैन । मोर्चाको बैठक बस्दैछ त्यहीँ छलफल हुन्छ ।’
मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले पनि सप्तरी घटनाका विषयमा तत्काल केही भन्न नसक्ने बताए । उनले भने, ‘मधेसी मोर्चाको बैठक बस्दैछ । बैठकपछि भनौँला ।’
मधेसी मोर्चाका नेताहरूले सप्तरी घटनाका विषयमा रिपोर्ट लिने क्रम जारी रहेको अध्यक्ष यादवले बताए ।















प्रतिक्रिया