१ कार्तिक २०८३, आइतबार

सप्तरीको राजविराजमा एमालेको जनसभा सुरु, सुरक्षा व्यवस्था कडा

9.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, २३ फागुन । नेकपा एमालेको मेची महाकाली अभियान सप्तरी आईपुगेको छ ।

ठाउँ ठाउँमा मधेसवादी दलको अवरोध छिचोल्दै सप्तरीको राजविराज पुगेको एमाले अभियानको टोलीलाई स्थानीय नेता कार्यकर्ताले गजेन्द्रनारायण औद्योगिक क्षेत्रको मैदानमा स्वागत गरेका छन् ।

स्वागतलगत्तै गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा एमालेको जनसभा सुरु भएको छ । सभास्थलमा हजारौं एमाले कार्यकर्ता र शुभचिन्तक भेला भएका छन् ।

जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरल लगायत नेता उपस्थित छन् ।

सप्तकोसीदेखि राजबिराजसम्म सुरक्षा व्यवस्था कडा

यसैबीच मधेसवादी दलको अवरोधले हुनसक्ने सम्भावित अप्रिय घटनालाई मध्यनजर गर्दै सप्तरीमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

सप्तरीका प्रहरी प्रवक्ता डिएसपी दान बहादुर कार्कीले चुस्त दुरुस्त सुरक्षा ब्यबस्था मिलाएको कारण सामान्य खालका अवरोध बाहेकका अहिलेको समयसम्म कुनै अप्रिय घटना नघटेको बताए ।

सप्तकोसीदेखि राजबिराजस्थित कार्यक्रमस्थल गजेन्द्रनारायण सिंह औधोगिक क्षेत्रसम्मको सुरक्षा कमाण्ड सम्हालिरहेका डीएसपी कार्कीको मातहतमा सयौको संख्यामा प्रहरी टोली खटाइएको छ ।