२ कार्तिक २०८३, सोमबार

जनक खड्काको निर्देशनमा चलचित्र फिक्का बन्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा हॉस्यप्रधान चलचित्रहरु संख्यात्मक रुपमा बढिरहेको बेला फरक बिषयबस्तुमा चलचित्र फिक्का बन्ने भएको छ ।

नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठले निर्माण गर्ने चलचित्र फिक्का लाई युवा निर्देशक जनक खड्काले निर्देशन गर्न लागेका हुन् ।

खड्का हाल दिनेश डिसीको निर्देशन रहेको हास्यटेलिशृंखला ट्वाक्क टुक्क रिटर्न्सका मुख्य सहायक निर्देशक समेत रहेका छन् ।

‘जब मानिसको रंगीन सपनाहरु ले श्रद्धांजलि पॉऊछ, भाग्य र समय नै आफ्नो बिरुद्ध ऊभिन्छ तब जिबन फिक्का लाग्छ र यहि बिषयलाई हामीले ऊठाएका छौ’ निर्देशक खड्काले बताए । चलचित्र सामाजिक र सन्देशमुलक हुने दाबी गर्दै यहि साताबाट फ्लोरमा जान लागेको बताए ।

देऊराली ईन्टरनेशनल मिडीयाको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा एनआरएन अजय सुनार, मोडल सर्मिला नेपाल, नेशनल मार्शल आर्ट प्लेयर दुर्गा राज पाण्डे लगायतका कलाकार रहने बताईएको छ ्रचलचित्रको सहायक निर्देशन म्याक्टेन कालु र बिश्वका सानो आकारको किताब लेखेर चर्चामा आएका कलाकार एनबि अन्जानले गर्नेछन् चलचित्र नेपालभर छायांकन हुन लागेको निर्माता सुचित्रा श्रेष्ठले बताईन् ।