मुम्बई । पछिल्लो वर्ष यस्तो हल्ला आएकि बलिवुडको बच्चन परिवार अभिषेक र ऐश्वर्याबीच कुनै पनि विषय ठीक चलिरहेको छैन भनेर ।
ऐश्वर्याको ‘ऐ दिल है मुश्किल’मा रणबीरसँगको अन्तरंग सीन गरेका बारेमा अभिषेक रिसाएका थिए भनेर हल्ला फैलियो । पछि अभिषेक र ऐश्वर्याको जोडीले यो हल्लालाई खारेज गरिदिए ।
अहिले फेरि यो जोडीबीच यस्तै–यस्तै खालको हल्ला फैलिएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार छोरी अराध्यालाई लिएर अभिषेक र ऐश्वर्याबीच बिबाद भइरहेको छ ।
अभिषेकले आफ्नी छोरी अराध्या ठूली भएपछि सुपरस्टार बनाउने सोँचमा छन् । तर, ऐशवर्या अभिषेकको यो सोँचबाट पनि खुसी छैनिन् ।
ऐश्वर्याले फिल्मबाट छोरीलाई टाढा राख्न चाहन्छिन् । ऐश्वर्याले छोरीका विषयमा सार्वजनिक रुपमा जथाभावी नबोल्न आफ्ना पति अभिषेकलाई चेतावनी समेत दिएकी छिन् ।
अभिषेकले ट्वीट गर्दै आफ्नी छोरी अराध्या पछि ठूलो भएर जे मन लाग्छ उसलाई स्वतन्त्रता रहने बताएका थिए । उनले आफ्नी छोरीलाई जबरजस्ती कुनै पनि विषय नथोपर्ने बताएका छन् । – एजेन्सी















प्रतिक्रिया