– कृष्ण ओझा
पाँचथर । नेकपा एमाले घटक राष्ट्रिय जनसांस्कृत महासंघ नेपाल, मेची महाकाली अभियानमा जुटेको छ ।
स्थानिय तहका जनवादी सांस्कृतिककर्मीहरुले अभियानमा साथ दिने छन् । स्थानिय कलाकारहरुले कला प्रस्तुत गरिने महासंघका कोषाध्यक्ष भूमिका सुब्बाले बताइन् ।
शनिबार झापादेखि हुने मेची महाकालीसम्मको अभियानमा केन्द्रिय कलाकारहरुले कला प्रस्तुत गरिने छ ।
राष्ट्रिय अभियानमा एमालेका शीर्ष नेताहरुले जनतामाझ सम्बोधन हुने सुब्बाले बताइन् । गायिका सुब्बाका अनुसार साँस्कृतकर्मीहरुको अभियानले जनताहरुलाई धुवाधार रुपमा जूरुक्क उचाल्ने छ ।
अभियान सभामा सबै जातजातिको साँस्कृतिक कला प्रस्तुत हुने भएको छ ।
















प्रतिक्रिया