सप्तरी, २० फागुन । नेकपा एमाले सप्तरी जिल्ला सदस्य प्रतापनारायण चौधरीमाथि कालोमोसो दलिएको छ ।
शनिवारबाट सुरु हुने एमालेको मेची महाकाली अभियानलाई सफल पार्न सक्रिय रहेका चौधरीलाई शुक्रवार मोर्चा कार्यकर्ताले राजविराज १ हटियास्थित माछा हटियामा पर्चा वितरण गरिरहेको बेला बीच सडकमै कालोमोसो दलेका हुन् ।
मोर्चाका कार्यकर्ताले चौधरीलाई कालोमोसो दल्न सुरु गरेपछि त्यहाँ उपस्थित एमालेका जिल्ला सचिव शम्भु यादवसहितका एमाले नेताहरू भागेका थिए ।
एमालेले अभियान सुरु गर्नै लाग्दा मधेसी मोर्चा भने विथोल्न खोजिरहेको छ । एमालेले सप्तरीमा आमसभा गरिछाड्ने र मोर्चाले हुन नदिने अडान लिएपछि दुवै पक्षबीच तनाव बढेको प्रहरीले जनाएको छ ।
मोर्चाका जिल्ला संयोजक दिनेश यादवले एमालेबिरुद्व मधेसी जनता आक्रोशित रहेको बेला पनि आफ्नो गतिविधि गर्न खोजेपछि जनता थप आक्रोशित भएको बताएका छन् । उनले जनताले नै कालोमासो दलेको दाबी गरे ।












प्रतिक्रिया