१ कार्तिक २०८३, आइतबार

महिला भलिबलको उपाधि भारतको पक्षमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगन्ज, १९ फागुन । चौथो संस्करणको नेपालगन्ज सञ्चालित प्रधानमन्त्री महिला भलिबल प्रतियोगिताको उपाधि भारतको रेल्वे टोलीको पक्षमा गएको छ ।

प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा भारतको रेल्वेले नेपालको सशस्त्र प्रहरीलाई सोझो सेटमा पराजित गरी उपाधि जितेको हो । स्थानीय रङ्गशालाको कभर्डहलमा भएको प्रतियोगितामा रेल्वेले सशस्त्र प्रहरी टोलीलाई २७—२५, २५—१७ र २५—२२ अङ्कले पराजित गरेको थियो ।

उपाधिसँगै रेल्वेले रु एक लाख ११ हजार नगद हात पारेको छ भने सशस्त्रले रु ५५ हजार र कप तथा प्रमाणपत्र प्राप्त गरेको छ । सो प्रतियोगितामा दुई भारतीय र चार नेपालका गरी कुल छ टोलीको सहभागिता थियो । रासस