१ कार्तिक २०८३, शनिबार

प्रथम मिस दशनामी प्रतियोगिता हुँदै, विजेतालाई दुई लाख पुरस्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

miss-dasnami1

पोखरा ६ असोज । नेपालमै पहिलो पटक मिस दशनामी नेपाल आयोजना हुने भएको छ ।

दशनामी यूवा समाज नेपाल कास्कीको आयोजनामा नेपालमै पहिलो पटक मिस दशनामी नेपाल २०७१ आयोजना गर्न लागेको सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।

दशनामीको कला, संस्कृती र पहिचान संक्षण र प्रर्वधनमा टेवा पु¥याउने उदेश्यले ‘दशनामीको कला, संस्कृतिको संरक्षण गरौ, राष्ट्रिय एकता र जातीय सद्भाव कायम गरौ’ भन्ने मुल नारा सहित पहिलो मिस दशनामी नेपाल २०७१ गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

दशनामी यूवा समाज नेपाल कास्कीका अध्यक्ष एकराज गिरीले दिएको जानकारी अनुसार प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा मंसिर २७ गते गर्ने तयारी भएको छ ।

प्रतियोगितामा २१ जना प्रतिस्पर्धीले अन्तिम प्रतिस्पर्धामा सहभागीता जनाउने छन् । प्रतियोगिताको विजेताले २ लाख वरावरको पुरस्कार प्राप्त गर्ने अध्यक्ष एवं प्रतियोगिता संयोजक गिरीले जानकारी दिनुभयो ।

प्रतियोगितामा दशनामी समाजका अविवाहित १६ देखि २६ वर्षसम्मका एसएलसी उत्तिण यूवतीहरुले सहभागिता जनाउन पाउने छन् ।

प्रतियोगिताको लागी फर्म खुल्ला एक साताभित्र गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगिताका लागी दशनामीहरुको बस्ती रहेका मुख्य शहरहरुमा अडिन गरिने छ ।

दशनामी भित्र गिरी, पुरी, भारती, वन, तिर्थ, पर्वत, सागर, सस्वती, आश्रम र आरण्य पर्ने नेपाल

दशनामी समाज कास्कीका अध्यक्ष रमेश गिरीले जानकारी दिनुभयो ।