२ कार्तिक २०८३, सोमबार

‘एक्सेप्ट गर…’बाट रेकर्ड बनाउँदै गायक भुपु पाण्डे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली गीतसंगीतमा भरखरै जम्दै गरेका गायक भुपु पाण्डेको ‘एक्सेप्ट गर’ बोलको गीतले पछिल्ला दिनमा धुम मच्चाएको छ । साढे एक महिनाको दौरानमा ‘एक्सेप्ट गर’ गीतलाई दर्शक स्रोताले अत्याधिक मनपराइ दिएर हेरेको गायक पाण्डेले बताएका छन् ।

‘साढे एक महिना भयो, बुधबारसम्म ८ लाख ६ हजार दर्शक स्रोताले हेरिसक्नु भएको छ’, उनले भने, ‘गीतले यति धेरै माया पाउला भनेर सोचेको पनि थिइन ।’ पाण्डेले यूट्युव च्यानल जिनियसमा सन् २०१७ जनवरी २० तारिखमा अपलोड गरेका हुन् ।

जिनियसमा ३८ हजार सस्क्राइब छन् । रिमिक्स शैलीको यो गीतलाई युवा पुस्ताले धेरै मनपराएको गायक पाण्डेले बताए । भने, ‘युवापुस्तालाई ध्यान दिएर बनाइएको गीत हो । चारैतिरबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छु ।’

‘एक्सेप्ट गर…’का शब्द एकेन्द्र खड्का र संगीत पाण्डेकै हो । उनलाई स्वरमा संगीता थापाले साथ दिएकी छिन् । गीतका एरेञ्जर नरेन्द्र वियोगी हुन् । द पिक स्टुडियोमा रेकर्ड गरिएको यो गीतका रेकर्डिस्ट समिर कार्की हुन् । म्युजिक भिडियोमा एलिसा राई, सुरज कुसुम्यासहितका कलाकारले अभियन गरेका छन् ।

यसअघि ‘चम्पा’ बोलको गीत बजारमा ल्याएका थिए । उनको ‘चम्पा’ बोलको गीतले पनि युट्युवमा दर्शक स्रोता राम्रो पाएको छ । ‘चम्पा’लाई यूट्युवमा अहिलेसम्म ३ लाख ५० हजारले हेरिसकेका छन् ।