बनेपा । काभ्रे जिल्लामै पहिलो पटक आयोजना भएको मिस काभ्रे आइडल–२०१७ को उपाधी ममता तामाङले जितेकी छिन् । सब–टाइटलअन्तर्गत बेस्ट फोटोजेनिकको उपाधी पनि ममताले आफ्नै पोल्टामा पारिन् ।
अन्तिम प्रतिस्पर्धामा ममताले ‘मिस काभ्रे आइडल–२०१७’को उपाधी चुम्दा रुक्साना कार्कीले फस्ट अनरअपको उपाधी आफ्नो शिरमा पार्न सफल भइन् । उनले सब–टाइटल अन्र्तगत बेस्ट क्याट वल्कको उपाधी जितिन् । सेकेन्ड रनरअपको उपाधी निकिता मानन्धरले जितिन् । निकितालेपनि सब–टाइटल अन्र्तगत बेस्ट हेयरमा उपाधी पाइन् ।
सब–टाइटलमा बेस्ट ट्यालेन्टको उपाधी मनीषा थापाले आफ्नो पोल्टामा पारिन् । मनीषाले मोस्ट पपुलर र बेस्ट ड्रेसको उपाधीपनि सब–टाइटल मार्फत जितिन् ।
बेस्ट क्किन रोजि कपाली, बेस्ट डिसिप्लेन अन्जना श्रेष्ठ, बेस्ट स्माइल किमबेल्ली तामाङ, बेस्ट पर्सनालिटि रोजिना बन्जरा, मोस्ट चार्मीङ रस्मिला तामाङ, मोस्ट एक्टिभ लक्ष्मि मगराती, मोस्ट पंचुअल सर्मीला श्रेष्ठ र मोस्ट कन्फिडेन्ट अनिशा तामाङले सब–टाइटल अन्र्तगत जितेका छन् ।















प्रतिक्रिया