
बेल्जियम । टर्कीले नेपालका एकजना पुरोहितलाई अपमानपूर्वक हिरासतमा राखेर नेपाल फर्काएको छ ।
बेल्जियममा महाशिवरात्री पर्वको कार्यक्रमा भाग लिन काठमाडौँबाट गएका पुरोहित भुवन आचार्यलाई टर्कीस प्रहरीले अपमानपूर्वक नेपाल नै फर्काइदिएको हो । दाङ घर भई अहिले कपिलबस्तुमा बस्दै आएका उनी संस्कृतका आचार्य युवा पण्डित हुन् ।
बेल्जियमका हिन्दू धर्मावलम्वीको संस्था सनातन धर्म सेवा समितिको पूजाअर्चना गर्न बेल्जियम हिँडेका उनी २४ घण्टा बेल्जिक पुलिसको खोरमा बस्न बाध्य भएका हुन् ।
काठमाडौँबाट युरोप हिँडेका युवा पण्डितले टर्किस एयरलाइन्सले तोकेको भन्दा बढी समान ल्याएका थिए। उनको झोलामा जौ, तील, कुश लगायत हिन्दू धर्म अंकित समानहरु पनि थिए। गेरु बस्त्रमा रुद्राक्षका साथ आएका पण्डित आचार्य पुलिसको केरकारमा परेका थिए। आतंककारी हमलाको शंकाले पुलिसले उनलाइ थुनेको हो ।
तर, बेल्जियमस्थित नेपाली दूतावास, पर्यटन दूत, निम्ता गर्ने संस्थाले स्पष्टिकरण दिँदा पनि पुलिसले छोडन मानेन। र, हिरासतमा राखेपछि नेपाल नै फर्काइदिएको छ । शुक्रबार नेपालबाट हिँडेका उनी आइतबार बेल्जियम नछिरी नेपाल नै फर्कन बाध्य भएका छन् ।











प्रतिक्रिया