नाइजेरिया । प्रशिद्ध नेपाली गायक राजेश पायल राई एनआरएनए नाइजेरियाले आयोजना गर्ने नयाँ बर्ष सास्कृतिक साझमा आफ्नो प्रस्तुति दिन नाइजेरियाको लेगोसमा यहि अप्रिल १, २०१७ मा आउने भएका छन् ।
संघका नाइजेरिया कार्यबाहक अध्यक्ष जनक बिष्टका अनुसार लोकप्रिय नेपाली गायकलाई अफ्रिकामा बोलाउन पाउँदा यहाको एनआरएन समुदाय हर्षित भएको छ ।
संघले गत बर्ष लेगोसमा लोकप्रिय गायिका कोमल ओलीको प्रस्तुतिको सफल आयोजना गरेको थियो । संघका आइसिसी सदस्य चिरन्जिबी रोकाका अनुसार नेपाली कला संस्कृतिको अफ्रिकामा यसले प्रबर्द्धन गर्ने बताउनुभयो । उक्त कार्यक्रममा राजेश पायल राईका अतिरिक्त स्थानीय अफ्रिकन कलाकारहरुले पनि नेपाली र स्थनिय भाषामा आफ्ना गीत र नृत्य प्रस्तुत गर्नेछन संघका सचिब रोशन थापाले जनाउनु भयो ।
कार्यक्रमका लागि सबै तयारी हुँदै गरेको र सिमित संख्यामा रहेका नेपाली बिच पनि यो उत्कृष्ट कार्यक्रम रहनेमा यहाको नेपाली समुदाय बिश्वस्त रहेको छ ।
















प्रतिक्रिया