२९ आश्विन २०८३, बिहिबार

महासचिव बानद्वारा युद्धविरामको स्वागत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ban-ki-moon11_01

संयुक्त राष्ट्रसंघ, ६ असोज । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले यमनमा भएको शान्ति सम्झौताको स्वागत गर्नुभएको छ ।

उहाँले सो युद्धविराम त्यहाँ शान्ति स्थापनाको एक महत्वपूर्ण कदम हुनसक्ने भन्दै त्यसको स्वागत गर्नुभएको समाचारमा जनाइएको छ ।

उहाँका प्रवक्ताद्वारा आइतबार राती जारी गरिएको एक विज्ञप्तिमा उहाँले उक्त युद्धविरामको पूर्णतया कार्यान्वयन हुने भन्दै यसका कारण यमनमा शान्ति स्थापनाको काम सजिलो हुने आशा पनि व्यक्त गर्नुभएको छ ।

उहाँले सो विज्ञप्तिमार्फत यमनका राजनीति दलका नेताहरुलाई पनि उक्त युद्धविरामलाई दिगो शान्तिका रुपमा परिणत गर्ने काममा लाग्न पनि आग्रह गर्नुभएको छ ।

यमनी सरकार र त्यहाँको हाउथी जातीय सशस्त्र विद्रोही समूहबीच आइतबार राती युद्धविराम भएको थियो ।

यी दुईपक्षबीच भएको सो युद्धविराममा केही समयभित्रै शान्ति वार्ताको माध्यमबाट दिगो शान्ति स्थापना गर्ने भनिएको छ ।

सो युद्धविराममा एक हप्ताभित्र सर्वपक्षीय र सर्वदलीय सहमति बमोजिम एक प्रधानन्त्रीको चयन गरी गैरराजनीतिक सरकार निर्माण गर्ने सहमति भएको छ ।

त्यसैगरी सो सहमति बमोजिम महिनादिन भित्रमा गैरराजनीतिक पक्षहरुको सहभागितामा सरकारको निर्माण गरी त्यसलगत्तै तेलको भाउ घटाउने पनि सहमति भएको छ ।

ती विद्रोहीहरुले यमनको राजधानी सानाबाट उत्तर पश्चिमी क्षेत्रमा पर्ने एक नगरमा गरेको आक्रमणमा परी कम्तीमा पनि २०० जनाको ज्यान गएको थियो ।

गत मङ्गलबार भएको सो घटनापछि पनि विभिन्न नगरमा उनीहरुले सशस्त्र हमला गर्दै आएका थिए । उक्त हिंसापछि नै यमनको सरकारले उक्त समूहसँग वार्ताको प्रस्ताव राखेको थियो । सो वार्ता सकारात्मक भएपछि दुवैपक्ष युद्धविरामका लागि सहमत भएका हुन् ।

महासचिव बानले हालैका दिनमा जारी सो हिंसाको अन्त्यगरी शान्ति स्थापना गर्नु यमनका लागि ठूलो उपलब्धिको विषय हो भन्नुभएको छ ।

साथै उहाँले हालैका दिनमा नियन्त्रणमा लिएका सरकारी संरचनाहरु पनि फिर्ता गर्न र प्रजातान्त्रिक प्रणालीबाटै अन्तरिम सरकार निर्माण र सञ्चालन गर्न पनि आग्रह गर्नुभएको छ । रासस / सिन्ह्वा