२ कार्तिक २०८३, सोमबार

‘बाहुबली’को ग्राफिक पिक्चर बाहिरिँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउडको मोस्ट अवेटेड प्रभास र राणा डग्गुबती स्टार फिल्म ‘बाहुबलीः द कन्क्लूजन २’ को पहिलो पोस्टर सार्वजनिक भएपछि विस्तारै कलाकारहरुको लुक बाहिरिँदै छ ।

भर्खरै फिल्मको दोस्रो मोशन पिक्चर पनि रिलिज भएको छ । ‘बाहुबली’ का निर्माताले अब ‘बाहुबली’ का ग्राफिक फिचर पनि रिलिज गरेका छन् ।
‘बाहुबली’ र भाल्लाल देवको भूमिकाको लोकप्रियता कायम राख्नका लागि ‘बाहुबली’ टीमले ग्राफिक फिचर रिलिस गरेको हो ।

ग्राफिक फिचरको नाम ‘बाहुबलीः बेटल अफ द बोल्ड’ राखिएको छ । जनु मोबाइ ल एप्लिकेशनमा पनि उपलब्ध छ ।
‘बाहुबली’ को पहिलो भागलाई धेरैले मन पराएका छन् ।

यो फिल्म भारतीय सिनेमाको अहिलेसम्मकै सबैभन्दा बढी हिट भएको फिल्म हो । ‘बाहुबलीः द कन्क्लूजन २’ २८ अप्रिलमा रिलिज हुनेछ ।