१ कार्तिक २०८३, आइतबार

दाह्री नआएर समस्यामा हुनुहुन्छ ? यस्तो तरिका अपनाउनुस्

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । अहिले दाह्री ठूला बनाउने टे«न्ड पनि छ । तर, कसैलाई दाह्री नभएर पनि समस्यामा छन् । कतिपयलाई दाह्री भएको भए हुन्थ्यो भन्ने पनि लागेको हुन सक्छ । विभिन्न किसिमका तरिकाहरु अपनाएर दाह्री ठूला बनाउने असफल प्रयास गरिरहेका हुन्छ । यो समस्या समाधान अर्थात दाह्री बढाउनका लागि घरमै पनि केही उपाय अपनाउन सकिन्छ । जस्तैः

अमला

अमलाको तेल मुहारमा लगाएमा छिटो छिटो दाह्री बढ्ने गर्छ । तेल मुहारमा लगाउनुस र २० मिनेटपछि पानीले धुनुहोस् । तपाई यो तेललाई तोरीको पातसंग मिलाएर पनि लगाउन सक्नुहुन्छ । यसका लागि तोरीको पातलाई पिसेर अमलाको तेलसंग मिलाउनुहोस् ।
यसरी बनाइएको पेष्ट दाह्री भएको ठाउँमा लगाएर १५ मिनेटपछि धुनुहोस् । हप्तामा चार पटक यस्तो गरेरमा केही फरक देखिन थाल्छ ।

नरिवलको तेल

दाह्रीलाई बढाउनका लागि नारिवलको तेल पनि प्रयोग गर्न सकिन्छ । यसका लागि नारिवल र गुलमेहन्दीको तेल मिलाएर मसाज गर्नुहोस् । यसरी मसाज गरेको १५ मिनेटपछि चिसो पानीले धुनुहोस् ।

व्यायाम

व्यायाम गरेरमा रक्तसञ्चारमा सुधार आउँछ । जसले रौं को ग्रोथीका लागि फाइदाजनक मानिन्छ । यसका लागि तपाई दैनिक २० मिनेटसम्म शारिरीक व्यायाम गर्नुहोस् ।

भिटामिन

दैनिक खाने भोजनमा भिटामिन ए, बी, सी र ई को मात्रा मिलाएर खानुहोस् । यसले दाह्री वा रौंलाई बढ्न मद्दत गर्छ ।

दालचिनी र कागती

दुई चम्चा कागतीको रसमा एक चम्चा दालचिनी पाउडर मिलाउनुहोस् । यसरी बनाइएको पेष्टलाई दाह्री भएको ठाउँमा लगाउनुहोस र २० मिनेटपछि धुनुहोस् । हप्तामा दुई पटक यसको प्रयोग गर्न सकिन्छ ।