काठमाडौं । सूर्योदय एजुकेशन फाउण्डेशनद्वारा सञ्चालित एसएबी पब्लिक स्कुल घट्टेकुलोले अभिभावक दिवसका अवसरमा ‘सूर्योदय स्रष्टा सम्मान– २०७३’ बाट साहित्यकार श्यामदास वैष्णवलाई सम्मान गरेको छ ।
काठमाडौंका कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सोमबार भएको विशेष कार्यक्रममा एसएबी स्कुलले साहित्यकार वैष्णवलाई सम्मान गरेको हो ।
काठमाडौंका लाजिम्पाट निवासी वैष्णवले नेपाली साहित्य क्षेत्रमा कथा, कविता, नाटक, गीत आदि थुप्रै लेखेका छन् । नेपाली साहित्यमा उनको नाम सधै अग्रस्थानमा लिने गरिन्छ ।
कार्यक्रमका प्रमुख अतिथि महिला बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काद्वारा वैष्णवलाई सम्मान गरेको एसएवी स्कूलद्वारा विज्ञप्तिमा उल्लेख छ ।
सूर्योदय एजुकेशन फाउण्डेसनले प्रत्येक वर्ष ‘सूर्योदय भानु स्रष्टा सम्मान’बाट एकजना साहित्यकारलाई सम्मान गर्दै आएको छ ।
फाउण्डेशनले हरेक वर्ष नेपाली साहित्यका मूर्धन्य स्रष्टा भानुभक्त आचार्यको सम्मानमा प्रदान गर्ने ‘सूर्योदय भानु स्रष्टा सम्मान’ गर्दै आएको छ ।
सूर्योदय एजुकेशन फाउण्डेशनका अध्यक्ष लक्ष्यबहादुर केसीले एसएवी पब्लिक स्कुल विद्यार्थीमा लुकेर रहेका प्रतिभाहरूलाई प्रस्फुटित गराउन हरपल प्रयासरत रहने बताए ।















प्रतिक्रिया