१ कार्तिक २०८३, आइतबार

अनेरास्ववियुका नेता राईले नेविसंघका कार्यकर्ता कुटेपछि आरआरमा झडप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । एमाले निकट अनेरास्ववियुका नेता एवं हालका स्ववियु सभापति राजकुमार राईले नेविसंघका कार्यकर्तालाई क्याम्पसहाताभित्र कुटपिट गरेपछि नेविसंघ–अनेरास्ववियुबीच झडप भएको छ ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा अध्ययनरत सुनील शर्मा नाम गरेका नेविसंघका कार्यकर्तालाई अनेरास्ववियुका नेता राजकुमार राईले शनिबार कुटपिट गरेपछि बिबादले उग्ररुप लिएको हो ।

क्याम्पस परिसरमा रहेका हाम्रा सहकर्मी कमलराज भट्टका अनुसार नेविसंघका कार्यकर्ता कुटिएपछि नेविसंघका कार्यकर्ताले अनेरास्ववियुमाथि आक्रमण थालेका थिए । त्यसपछि दुबै पक्षबीच केहीबेर ढुङ्गा हानाहान भएको थियो ।

समयमा पुगेको प्रहरीले स्थितिलाई आफ्नो नियन्त्रणमा लिएको छ । आरआर क्याम्पसहाताभित्र कसैलाई पनि प्रवेश गर्न दिएको छैन ।

आफूहरूलाई प्रवेश गर्न नदिएको भन्दै अनेरास्ववियुका कार्यकर्ताले क्याम्पसको झ्याल फुटाउनुका साथै प्रहरी र नेविसघविरुद्ध नारावाजी समेत गरेका छन् ।

यसअघि नेविसंघका कार्यकर्तालाई अनेरास्ववियुका कार्यकर्ताले धक्कामुक्का गरेपछि दुई दिन अगाडि नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबीच झडपको स्थिति उत्पन्न भएको थियो ।

एकआपसका बिरुद्ध नारावाजी गरेका उनीहरूले मतदान नजिकिँदै गर्दा आफ्ना क्रियाकलापलाई हिंसात्मक बनाउँदै लगेका छन् ।