१ कार्तिक २०८३, आइतबार

मुवाथाई च्याम्पियनसिपमा सन्देश फाइनल प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । काभ्रे मुवाथाई क्लबका सन्देश मानन्धर प्रधानमन्त्री कप तेश्रो राष्ट्रिय मुवाथाई च्याम्पियनसिपमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ७५ केजीमुनि तौलसमूहमा सन्देशले सातदोबाटो मुवाथाईका लसी तामाङलाई पराजित गरे । उनले फाइनलमा वाइ पाएर सोझै फाइनल पुगेका सातदोबाटोका रविन राणा विरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष ६० केजीमुनि केन्द्रीय मुवाथाई संघका विवेक गदालले न्यु प्लाजा क्लबका ऋतिक मगैयालाई हराउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

पुरुष ७० केजीमुनि एपीएफ क्लबका रुपक नेपाली, काभ्रेका सनिल रन्जित, रेज फिट्नेसका निशिप बराइली तथा राष्ट्रिय किक बक्सिङ र क्योकुसिन बुदोकाइ संघका अतुल श्रेष्ठले सेमिफाइनल यात्रा तय गरे ।

नेपाल राष्ट्रिय मुवाथाई संघद्वारा आयोजित प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । दुईदिने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलामा १ गरी ७ स्पर्धा समावेश छन् । ४० पुरुष र ४ महिला खेलाडी सहभागी छन् ।