काठमाडौं, १३ फागुन । नेपालका लागि भारतीय राजदूत रञ्जित रायले नेपालमा हुन लागेको स्थानीय तहको चुनावमा सबै पक्षको सहभागितालाई जोड दिएका छन् ।
संविधानमा समेत मधेसीलाई समेट्नु बताउँदै अहिलेसम्म स्वागत नगरेको भारतले संविधान संशोधन गरेर मधेसी समुदायलाई निर्वाचनमा समेट्न जोड दिएको हो ।
शुक्रबार रिपोर्टर्स क्लबमा राजदूत रायको विदाईमा आयोजित कार्यक्रममा उनले ‘चुनावमा नेपालका सबै दलहरुको सहभागिताको अनिवार्य आवश्यकत्ता छ, भारत विश्वकै ठूलो प्रजातान्त्रिक मुलुक हो, भारतले चुनावको कहिल्यैपनि विरोध गर्दैन्, चुनावले नै प्रजातन्त्रलाई स्थायित्व दिने र बलियो बनाउँछ, त्यसैले नेपालमा हुन लागिरहेको चुनावको विपक्षमा हामी छैनौं, तर यो चुनावमा सबैको सहभागिताको सुनिश्चितता हुनुपर्छ ।’
अब हुन गैरहेको चुनावमा पनि भारतको संविधान जारी गर्दाको जस्तै अडान हो कि के हो भनेर पत्रकारले गरेको एक प्रश्नमा उनले भने, ‘जसरी नेपालमा जब संविधान जारी गर्दा सबै दलहरुलाई मिलाएर लैजानुपर्ने सुझाव भारतको थियो, त्यसैगरि चुनावमा पनि सबै दललाई मिलाएर लैजानुपर्छ भन्ने हाम्रो सुझाव छ ।’
उनले भने, ‘नेपालमा चुनाव हुन गैरहेको छ, यो हाम्रो लागि पनि खुशीको कुरा हो, लोकतन्त्रको प्रमुख आधार भनेको नै चुनाव हो, तर चुनाव सबैलाई एक ठाउँमा लिएर र विश्वासमा लिएर गर्नुपर्छ ।’
उनले सरकारले संविधान संशोधनमार्फत सबै दललाई विश्वासमा लिन हाल गरिरहेको पहलकदमी प्रशंसनीय रहेको स्पष्ट पारे । चुनाव लोकतान्त्रिक अभ्यास भएकोले सबैलाई विश्वासमा र साथमै लिएर अघि बढ्दा सबैको भलो हुने उनको भनाई थियो । उनले भने, ‘संविधान संशोधन प्रक्रिया प्रशंसनीय छ, यसबाट निकास निस्किने कुरामा भारत पूर्ण रुपमा आशावादी छ ।’
















प्रतिक्रिया