काठमाडौं । अनुप बिक्रम शाहीको मुख्य भूमिका रहने चलचित्र ‘निसाफ’ सुरु भएको छ । बिहीबार भक्तपुर गठ्ठाघरस्थित दुर्गा मन्दिरमा पूजा गर्दै चलचित्रको छायाँकन सुरु गरिएको हो ।
मुर्हत सट समेत लिइएको कार्यक्रममा अभिनेता अनुपबिक्रमले ‘अदालतमा निसाफ मिल्ला नमिल्ला तर मेरो अदालतमा तुरुन्त निसाफ मिल्छ’ भन्ने चलचित्रभित्र रहेको एक सम्बाद बोल्दै मुर्हत सट दिए ।
मुर्हतमा पत्रकार कुबेर गिरीले क्ल्याप ठोके, संगीतकार मनोज चौलागाइले नरिवल फोर, निर्देशक नेत्र गुरुङले क्यामरा सुइज अन गरे भने चलचित्रका निर्देशक समेत विवेक सापकोटाले नै मुर्हत सटको निर्देशन गरे ।
निसाफको प्रस्तुतकर्ता समेत विवेक सापकोटा हुन् । अपराधिक कथामा बन्न लागेको यो चलचित्रमा अनुपको अलवा सरोज खनाल, ध्रुव कोइराला, यादव बैरागी, भरत ढुङगाना, सगुन थापा, बिजयजङ रायमाझी, रबिना खतिवडा, साधना सिलवाल लगायतको अभिनय समेटिनेछ ।
सुपरियल फिल्मस्को ब्यानर बन्न लागेको चलचित्रका निर्माता यस जंग राना हुन् । लेखन समेत निर्देशक आफैले गरेको यो उनको निर्देशनमा डेब्यु चलचित्र हो ।
चलचित्र दीब्य सुवेदीको छायाँकन, मनोज चौलागाइको संगीत, श्री श्रेष्ठको द्वन्द्व र कवीराज र बब्बुको नृत्य रहनेछ । चलचित्रका मुख्य सहायक निर्देशक विजय राज पौडेल हुन् ।
३५ दिनको छायाँकन सेलुड सहित फ्लोरमा उत्रिएको यो चलचित्रको निर्माण लागत ६० लाख अनुमानत गरिएको छ । काठमाडौ, भत्तपुर लगायतका स्थानमा छायाँकन हुने चलचित्र आर आर फिल्मस्ले बितरण जिम्मा लिएको छ ।















प्रतिक्रिया