– विकाश पराजुली
बुटवल, १२ फागुन । बुटवलमा आजबाट मोफसलको सर्वाधिक धनराशी भएको तिलोत्तमा गोल्डकपको १९ औं संस्करण सुरु भएको छ ।
रुपन्देही जिल्ला फुटवल संघको आयोजनामा सुरु भएको गोल्डकपको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले उद्घाटन गर्नभयो । सो अवसरमा उहाँले मोफसलमा हुने यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकास मात्र नभई खेलाडिको विकासका लागि समेत टेवा पुग्ने बताउनुभयो ।
एन्फा टेक्निकल सेन्टर बुटवलको खेल मैदानमा सुरु भएको आजको उदघाटन खेलमा सशस्त्र प्रहरी क्लव एपिएफ काठमाडौंले विजयी सुरुवात गरेको छ ।
पाहुना टोली शेरे एफसि क्यालिङपोङलाई १–० ले हराउदै एपिएफले संघर्षपुर्ण विजयी सुरुवात गरेको हो । पहिलो हापको २१ औं मिनेटमा सरोज कोइरालाले हेडिङ मार्फत आर्कषण गोल गर्दै एपिएफका लागि अग्रता दिलाएका थिए । दाया बारमा रहेका श्याम नेपालीको क्रसमा सरोज कोइरालाले गोल गरेका थिए । पहिलो हापमा १–० ले अग्रता बनाएको एपिएफले दोस्रो हापमा थुप्रै अवसर पाएपनि शेरे एफसिले गोल गर्न सकेन र खेल १–० मा सम्पन्न भयो । दोस्रो हापमा सुधारिएको खेल खेलेको शेरे एफसिका लागि दोस्रो हापको २९ औं मिनेटमा मिलन राई पेनाल्टी मार्फत गोल गर्नबाट चुक्दा शेरे एफसि एपिएफ संगको दुरी बराबर गर्नबाट चुकेको थियो ।
प्रतियोगिता फागुन २१ गते सम्म चल्नेछ । विभागिय टिम सहित १० टिमको सहभागिता हुने प्रतियोगितामा विजेताले ५ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैया प्राप्त गर्नेछन ।
प्रतियोगितामा उत्कृष्ट ५ विधाबाट ५ जनालाई नगद १५/१५ हजार तथा उत्कृष्ट कोचलाई नगद २० हजारबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ । करिव ७५ लाख रुपैयाको खर्च अनुमान गरिएको प्रतियोगितामा अग्नी सिमेन्टले प्रयोजकको रुपमा १५ लाख रुपैया प्रदान गरेको छ । प्रतियोगितामा सर्व उत्कृष्ट खेलाडिले स्कुटर प्राप्त गर्नेछ । प्रतियोगितामा अग्नी रुपन्देही ११, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल आर्मी, सिएमजी संकटा क्लव, धरान फुटवल क्लव एचएम हिमालयन शेर्ष क्लव, रमपम झापा ११, दिल्ली युनाईटेड एफसि र शेरे एफ सि क्यालिङगपोङको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तर्गत भोली दिउसो ठिक २ बजे नेपाल आर्मी क्लव काठमाडौं र सिक्किम युनाईटेड सिक्मिका बीच हुनेछ ।
उदघाटन खेलमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ, जिल्ला प्रहरी कार्यालयका प्रमुख रविन्द्र धानुक, जिल्ला फुटवल संघका प्रमुख सहल्लाकार महेन्द्र हमाल, बुटवल उपमहानगर पालिकाका प्रमुख रामलाल श्रेष्ठ, अग्नी सिमेन्टका राज कुमार पोखरेल लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संघका अध्यक्ष दिर्घ बहादुर के.सीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार सुमन श्रेष्ठको सञ्चालनमा भएको थियो ।
















प्रतिक्रिया