२ कार्तिक २०८३, सोमबार

दोहोरी गीत प्रतियोगिता आजदेखि शुरु हुँदै, विजेतालाई एक लाख र सिल्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । राष्ट्रिय लोक तथा दोहोरी गीत राष्ट्रिय प्रतिष्ठान नेपालले काठमाडौंमा आजदेखि तेस्रो अन्तर दोहोरी साँझस्तरीय रनिङ सिल्ड राष्ट्रिय दोहोरी गीत प्रतियोगिता आयोजना गर्दैछ ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको प्राङ्गणमा बिहान दश बजेदेखि अपरान्ह ५ बजेसम्म प्रतियोगिता सञ्चालन हुने राष्ट्रिय लोक तथा दोहोरी गीत राष्ट्रिय प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्माले जानकारी दिए ।

विगत तीन वर्षदेखि प्रष्ठिानले लोक तथा दोहोरी गीतको प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताको आज उद्घाटन हुनेछ ।

फागुन १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेता समूहले एक लाख पाँच हजार नगदसहित सिल्ड, ताम्रपत्र र गोल्ड मेडल पाउनेछ ।

दोस्रो हुनेले ७५ हजार नगदसहित ताम्रपत्र र मेडल पाउनेछ भने तेस्रोलाई ५० हजार नगद पुरस्कारको व्यवस्था गरिएको गायक शर्माले बताए ।
आयोजकले सान्त्वनामा २५ हजार, उत्कृष्ट गायक र गायिकालाई रु. १५–१५ हजार दिने पनि जनाएको छ ।