१ कार्तिक २०८३, शनिबार

पोखरा विश्वविद्यालयका करारका शिक्षक र कर्मचारी तोडफोडमा उत्रिएपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pokhara-unirvasti

पोखरा, ५ असोज । पोखरा विश्वविद्यालय (पियु) का करारका शिक्षक र कर्मचारीको आन्दोलनका कारण पोखरा विश्वविद्यालय तनावग्रस्त बनेको छ ।

आफुहरुलाई बिना जानकारी हटाइएको भन्दै उनीहरुले आन्दोलनका क्रममा आइतबार पियु केन्द्रीय कार्यालयलगायत विभिन्न कार्यालयको भवनमा तोडफोड गरेका छन् ।

आन्दोलनकारीले उपकुलपति, रजिष्ट्रार तथा डिन कार्यालयमा तोडफोड गरेका छन् ।

पियु कार्यकारी परिषद्ले ९५ करारका शिक्षक तथा ६ कर्मचारीलाई हटाएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । सुरुमा नाराबाजी गरेका उनीहरु पछि तोडफोडमा उत्रिएपछि ब्यापक प्रहरी परिचालन गरिएको छ ।

१ देखि ७ बर्षसम्म काम गर्दै आएका शिक्षक र कर्मचारीलाई हटाउने निर्णय गरेपछि आन्दोलनमा उत्रिएको उनीहरुको भनाई छ ।

पियु प्रशासनले भने करारका शिक्षक कर्मचारीलई हटाएको नभई प्रकृया मिलाउने मात्र भनिएको बताएको छ ।