१ कार्तिक २०८३, आइतबार

राष्ट्रपति रनिङ सिल्डमा श्रीराम र सुस्मिता पहिलो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । काठमाडौं निर्वाचन क्षेत्र नं. २ को राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडको छात्रमा गेट्वे एकेडेमीका श्रीराम रेग्मी र छात्रामा गीताञ्जलीकी सुस्मिता कार्की बुधबार पहिलो भएका छन् ।

काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको सो स्पर्धाको छात्रमा कौटिल्यका आशिष बखुन्छे दोश्रो र विद्या विकासका विजय खरेल तेश्रो भए । छात्रामा गेट्वेकी युनिशा प्रसाईं दोश्रो र ग्लोबलकी देवी कडेल तेश्रो भए ।

एथलेटिक्समै छात्र/छात्राको २ सय, ४ सय र ८ सय मिटर दौड, सटपुट तथा ज्याभ्लिन थ्रो पनि सम्पन्न भएको छ । कबड्डी र भलिबलको पहिलो चरणका खेल पनि सञ्चालन गरियो ।

प्रतियोगिताको आयोजक समितिकी सदस्य देवी वनले एक कार्यक्रमबीच उद्घाटन गरिन् । पेप्सीकोलाको टाउन प्लानिङ मैदानमा भइरहेको दुईदिने प्रतियोगितामा विभिन्न २७ विद्यालयका ४ सय खेलाडीको सहभागिता रहेको प्रतियोगिता सह–संयोजक राम पुडासैनीले जनाएका छन् ।