१ कार्तिक २०८३, आइतबार

जनकपुरमा एमालेद्धारा मधेसी मोर्चाको प्रतिकार, बामदेव गौतमलाई घेरा हालियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, ११ फागुन । धनुषाको जनकपुरमा एमाले र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप भएको छ । झडपमा मोर्चाका दुई कार्यकर्ता घाईते भएका छन् ।

सरकारले निर्वाचन मिति घोषणा गरेपछि आन्दोलनमा उत्रिएको मोर्चाका कार्यकर्ताले बुधबार जनकपुरस्थित एमाले नेता रघुविर महासेठको घरमा ढुंगामुढासहित तोडफोड गरेपछि एमाले कार्यकर्ता प्रतिकारमा उत्रिएका हुन् ।

जनकपुरका एमाले युवा नेता सञ्जीव झाका अनुसार मंगलबार जनकपुर पुगेका एमाले उपाध्यक्ष बामदेव गौतम महासेठको घरमा बसेका थिए । वामदेव त्यहाँ बसेका बेला मोर्चाका कार्यकर्ताले घरलाई घेरा हाली ढुंगामुढा गरेपछि एमाले प्रतिकारमा उत्रियो । ढुंगामुढाबाट महासेठको घरको झ्यालको सिसा फुटेको हो ।

एमालेका कार्यकर्ताको प्रतिकारबाट मोर्चाका दुई कार्यकर्ता राजु साह र कुलदिप साह घाईते भएका छन् । एमालेका पनि केही कार्यकर्ता सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

अहिले नेता महासेठको घर वरिपरि व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । भने स्थितीलाई नियन्त्रणमा लिइएको छ ।