१ कार्तिक २०८३, आइतबार

माधव नेपालले किन गरे सरकारको प्रशंसा ? निर्वाचनमा भाग लिएर आफ्नो हैसियत नाप्न चुनौति

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० फागुन । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोग तुरुन्त गठन गर्न सरकारसँग माग गर्नुभएको छ ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा गरी राम्रो काम गरेको भनी उहाँले सरकारको प्रशंसा पनि गर्नुभयो ।

उहाँले भन्नुभयो – “स्थानीय तहको निर्वाचनपछि केन्द्रीय संसद्को निर्वाचनमा जानुपर्ने भएकाले नै क्षेत्र निर्धारण आयोग गठन र यसले दिने सुझाव आवश्यक पर्छ ।”

व्यवस्थापिका–संसद् परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग आज कुराकानी गर्दै वरिष्ठ नेता नेपालले भन्नुभयो – “सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरी जनतामा सकारात्मक सन्देश प्रवाह गरेको छ, अब निर्वाचनको उचित वातावरण बनाउन लाग्नुपर्छ ।”

“निर्वाचन घोषणा भइसक्यो, अब निर्वाचनलाई कुनै दलले बार्गेनिङ (लेनदेन) को विषय बनाउनु हुन्न, निर्वाचनमा भाग लिई आफ्नौ हैसियत नाप्नुपर्छ” – उहाँले भन्नुभयो ।

उहाँले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरी राम्रो काम गरेको भनी सरकारको प्रशंसा पनि गर्नुभयो । रासस