१ कार्तिक २०८३, आइतबार

क्यापिटोल हिल स्कुलद्धारा कीर्तिमानी खेलाडी वैकुण्ठ मानन्धर २० हजारसहित सम्मानित

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । क्यापिटोल हिल सेकेण्डरी स्कुलले कीर्तिमानी खेलाडी वैकुण्ठ मानन्धरलाई २० हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ ।

शनिबार सम्पन्न क्यापिटोल हिल स्कुलको २२ औं वार्षिकोत्सव एवं सांस्कृतिक कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष भीमबहादुर मल्लले मानन्धरलाई प्रमाणपत्र प्रदान गर्दै सम्मान गरे ।

खेलमार्फत नेपाललाई विश्वजगतमा चिनाएको भन्दै मानन्धरलाई सम्मान गरिएको स्कुलका प्रिन्सिपल अर्जुन हट्कलेले जानकारी दिए ।

कार्यक्रममा विद्यालय स्रोत व्यक्ति श्रीकृष्ण रेग्मी लगायतले शिक्षा क्षेत्रमा क्यापिटोल हिल स्कुलले पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।

एथ्लेटिक्सका महापुरुष मानन्धर नेपालको म्याराथन दौडमा बिर्सनै नसकिने खेलाडी हुन् । नेपालको तर्फबाट ४ पटक ओलम्पिक ट्रयाकमा दौडिसकेका मानन्धरले सन् १९८७ मा राष्ट्रिय कीर्तिमान कायम गरेका थिए । उनको कीर्तिमान अहिलेसम्म तोडिएको छैन् ।