काठमाडौं, १० फागुन । मल्पी र जेम्सले छैटौं एस कप अन्तर ए लेभल बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । डिफेन्डिङ च्याम्पियन मल्पीले ब्वाइजतर्फ उपाधि रक्षा ग-यो भने जेम्स गर्ल्समा पहिलो भयो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको ब्वाइज फाइनलमा मल्पीले साइपाललाई ८८–४७ ले पराजित ग-यो । मल्पीका वाङगेल गुरुङले ३३ अंक जोडे ।
गर्ल्सको फाइनलमा जेम्सले डिफेन्डिङ च्याम्पियन मल्पीलाई ५०–४३ ले हरायो । जेम्सको जितमा साम्राज्ञी रायमाझीले ३२ स्कोर गरिन् ।
ब्वाइजमा मल्पीका कर्मा सोनाम गुरुङ र गर्ल्समा जेम्सकी साम्राज्ञी रायमाझी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
ब्वाइजमा साइपालका निश्चल गुरुङ र गर्ल्समा मल्पीकी केल्साङ शेर्पा उदीयमान खेलाडी चुनिए । ब्वाइजमा नामी र गर्ल्समा द ब्रिटिस मोडेलले ‘फेयर प्ले’ को उपाधि प्राप्त गरे ।
विजेतालाई प्रायोजक प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीका निर्देशक राजु सिंह र आयोजक एसका ए लेभल निर्देशक सुनील ओझाले एक कार्यक्रमबीच पुरस्कृत गरे । माघ २८ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा ८ र गर्ल्समा ६ टिम सहभागी थिए ।















प्रतिक्रिया