१ कार्तिक २०८३, आइतबार

वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको घोषणा

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विमल योगी

काठमाडौं, ९ फागुन । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ ।

सोमबार राति बसेको मन्त्रिपरिषदको तेस्रो बैठकले मधेसी मोर्चाको असहमतिका बाबजुद निर्वाचनको मिति तोकेको हो ।

खानेपानीमन्त्री प्रेम बहादुर शाहीका अनुसार निर्वाचनको आयोगको प्रस्तावमा वैशाख ३१ गते पहिलो चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।

सरकारको निर्णयसँगै विसं २०५९ यता हुन नसकेको स्थानीय निर्वाचन सुनिश्चित भएको छ ।

निर्वाचनका लागि अर्थ मन्त्रालयले दश अर्ब उपलब्ध गराउने

निर्वाचनका लागि अर्थ मन्त्रालयले रु १० अर्ब २९ करोड ६३ लाख ७६ हजार ७७५ रकम उपलब्ध गराउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले मुलुक निर्वाचनमा केन्द्रित भएको बताए । । प्रवक्ता कार्कीले भने– “मुलुक निर्वाचनमा गयो, सरकारले महत्वपूर्ण निर्णय गरेको छ । निर्वाचनलाई सफल बनाउन सबैको साथ र सहयोग जरुरी छ ।”