१ कार्तिक २०८३, आइतबार

पारस खड्काको एपेन्डिक्सको सफल शल्यक्रिया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको एपेन्डिक्सको सफल शल्यक्रिया गरिएको छ ।

अचानक पेट देखेपछि शुक्रबार धापासीस्थित ग्राण्डी अस्पताल भर्ना भएका पारसको जाँचका क्रममा उनको आन्द्रामा अवरोध (रिकरेन्ट एपेन्डिसाइटिस वीथ इन्टेसटाइन अब्स्ट्रक्सन) देखिएको थियो ।

अत्याधुनिक क्यामेरा प्रविधिबाट एड्हेसियोलाइसिस तथा की–होल सर्जरी गरिएको छ र, गुजुल्टिएको आन्द्राहरु मिलाइएको चिकित्सकहरुले बताएका छन् ।

साथै एपेन्डिक्सको आकस्मिक शल्यक्रिया (इमरजेन्सी ल्यापारोस्कोपिक एपेन्डिक्टोमी) गरिएको छ ।

पेटमा सानो प्वाल मात्र पारेर सर्जरी गरिएकाले खड्का चाँडै मैदान फर्कन सक्ने अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले बताए ।