१ कार्तिक २०८३, आइतबार

देउवालाई गृहजिल्लामै झट्का, आफ्नै काकासहित थुप्रै नेता कार्यकर्ता माओवादीमा प्रवेश

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा, ८ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका काकासहित थुप्रै नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

आइतबार देउवाको गृहजिल्ला डडेल्धुरामा आयोजित कार्यक्रममा उनका काका भीमबहादुर देउवासहित काँग्रेस पार्टी परित्याग गरि थुप्रै नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । भीमबहादुर यसअघि सो क्षेत्रका क्षेत्रपाल पनि रहेका थिए ।

संविधानसभाको पहिलो निर्वाचनमा झिनो मतका कारण पराजित माओवादी यसपटक भने सबै गाँउपालिका, वडा र नगरपालिकामा संगठन विस्तारमा सक्रिय रुपमा लागेको छ ।

डडेल्धुरामा संगठन विस्तारमा माओवादी केन्द्रका नेता खगराज भट्ट, मञ्जु भट्ट, उमेश भट्टलगायत खटिरहेका छन् ।