२ कार्तिक २०८३, सोमबार

चर्चित पपस्टार अल जारोको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लसएञ्जलस । ग्रैमी अवार्ड विजेता गायक अल जारोको ७६ वर्षको उमेरमा निधन भएको छ । पप, रिदम ऐंड ब्लूज (अफ्रीकी–अमेरिकी संगीत) र ज्याजका लािग परिचित थिए ।

वेबसाइट एनवाईटाइम्स डट कमका अनुसार, जारोको १२ फेब्रुअरीका दिन निधन भएको हो । जारोको निधनको घोषणा उनका म्यानेजर जो गार्डनले गरेका हुन् । जारोलाई थकान भएपछि दुई हप्ता आगाडि अस्पताल भर्ना गरिएको थियो ।

चिकित्सकहरूको सल्लाहमा जारोले आफ्ना सांगीतिक कार्यक्रमहरूको तालिका सद्द गरेर आराम गर्दै आएका थिए ।

गायक जारोले ३० वर्षको उमेरदेखि पूर्णरुपमा सांगीतिक यात्रा शुरु गरेका हुन् । शुरुआतमा ज्याज संगीतमा छाप छोडेका थिए । पछि ले पप, गास्पेल, लैटिन र अन्य संगीत विधामा पनि काम गरेका थिए ।

जारोले तीन अलग क्षेत्रमा ज्याज, रिजम एंड ब्लूज र पपमा छ वटा ग्रैमी पुरस्कार जितेका छन् । सन् २९८१ मा उनको गीत ‘वी आर इन दिस लव टुगेदर’ जबरजस्त हिट भएको थियो । – एजेन्सी